Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

विदेशी दृश्यलाई छायांकन गर्दा इजाजत लिएर गरेका छौँ : घनश्याम लामिछाने

काठमाडौं : निर्देशक घनश्याम लामिछाने निर्देशित सिनेमा ‘लन्डन टु पेरिस’ जेष्ठ २५ गतेबाट रिलिज हुँदैछ । मंगलवार कमलपोखरीस्थित एक सिनेमा भवनमा पत्रकार सम्मेलन गर्दै उक्त सिनेमाको गीत “खुल्ला आकाश”मा सार्वजनिक गरिएको हो । साथै सिनेमाको बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा दर्शकलाई ध्यानमा राखेर सिनेमा निर्माण गरेको निर्देशक लामिछानेले बताएका छन् ।

सिनेमाको गीत सार्वजनिक गर्दै लामिछानेले भने बेलायतमा छायाङ्कन गरिएको अन्य सिनेमामा कुनै पनि सम्झौता नगरेको उनको भनाइ छ । तर, हामीले विदेशी दृश्यलाई छायांकन गर्दा इजाजत लिएर गरेका छौँ । यो किसिमको औपचारिकता र भव्यता मैले अहिलेसम्म अन्य नेपाली सिनेमामा देखेको छैन् ।

हामीले भ्रमणका क्रममा भेटिने जोडीको प्रेम कथामा सिनेमा निर्माण गरेका छौँ । युवा पुस्तालाई प्रेम र यसको महत्त दर्शाउन सिनेमा सफल हुने समेत निर्देशक लामिछानेले बताएका छन् ।

यसै सिनेमा मार्फत निश्चल खड्का र गरिमा शर्माले अभिनयको सुरुवात गर्दैछन् भने निश्चल र गरिमाका अलावा सिनेमामा अभिनेत्री साम्राज्ञी आर एल शाह, कविर खड्का, रुष्मा थापा, मनिष श्रेष्ठ, मनिष गान्धीलगायत कलाकारले अभिनय गरेका छन् ।

एबी इन्टरनेशनलको प्रस्तुति रहेको सिनेमामा गौतम प्रोडक्शन तथा अर्चिड भेस फिल्म्सले निर्माणमा सहकार्य गरेको छ । प्रदीप भारद्वाजले लेखन रहेको सिनेमालाई, अभेद परवले छायाङ्कन गरेका हुन् । हर्कुलश बस्नेत, एसडी योगी, बियोण्ड र सलिन मगरले सङ्गीत रहेको छ । सजु चन्द्रनले सम्पादन रहेको सिनेमामा सुजिल कर्माचार्यले पार्श्व सङ्गीत सिर्जना गरेका छन् ।