Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

‘डिग्री माईला’ समाजको प्रतिनिधि पात्र हो : रामबाबु गुरुङ

काठमाडौं : राम बाबू गुरुङ कलिलै थिए । उनको गाउँमा चन्द्र प्रकाश गुरुङ नाम भएका उनीहरु भन्दा उमेर खाएका ब्यक्ती पनि थिए । काठमाडौं बसेर पढिरहेका ‘दाई’ले उनीहरुलाई कला साहित्य देखि जीवन दर्शन सम्मका कुरा सुनाउथे । अझ खास रुपमा सिनेमाका फ्यान थिए चन्द्र प्रकाश । रामबाबु उनका कुरा लट्ठै परेर सुन्थे पनि । पढेलेखेका कला साहित्यको ज्ञान पनि भएका उनलाई समाजमा भने खासै इज्जत दिइदैन थियो । रक्सी खाईदिने र उस्तै परे सडक मै लम्पसार पर्ने ब्यवहारले उनलाई समाजले अलि फरक नजरले हेर्थ्यो र सोही अनुरुप व्यवहार गर्थ्यो ।

साना रामबाबु ठुला हुँदै गए र काठमाडौं आए । सिनेमा र साहित्य निकट धेरै ब्यक्ती भेटे साथै संगत गरे । यो क्रममा आफ्नै गाउका चन्द्र प्रकाश दाइ जस्ता चरित्र हरेक जसो समाजमा हुन्छन भन्ने सुने, बुझे र देखे पनि । कला जगत मै र समाजमा पनि यस्ता पात्र हुने बुझेका उनले यहीँ बिषयमा सिनेमा वनाउने सोचे । र, जन्मियो रुम्जाटारको ‘डिग्री माईला’ । रामबाबु रुम्जाटार बाहेक पनि धेरै गाउँमा ‘डिग्री माईला’हरु भेटिने बताउछन् ।

यो सिनेमा नयाँ वर्ष अर्थात चैत ३० गते बाट हलमा लाग्दै छ । प्राय जसो खास समुदायका कथा उठान गर्ने रामबाबुले यस पटक कथा भन्दा पनि पात्र केन्द्रित भएर सिनेमा निर्माण गरेको बताएका छन् । उनले यो सिनेमा र पात्र ‘डिग्री माईला’ (दयाहाङ राई) मात्रै नभएर प्राय समाजमा देखिने पात्र रहेको बताएका छन् । अब दर्शकले यो सिनेमा र ‘डिग्री माईला’लाई कतिको रिलेट गर्छन त्यो हेर्न धेरै समय बाँकी छैन् । तर, हाल सम्म सार्वजनिक प्रचार सामाग्रीलाई भने प्राय सबैले मन पराएकाले रामबाबू आशाबादी भने देखिन्छन् ।