Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

‘पर्खी बसे फर्की आउँछु’को विशेष शो सम्पन्न

काठमाडौँ : शनिवार साँझ विश्व ज्योति हल जमल काठमाडौँमा सिनेमा ‘पर्खी बसे फर्की आउँछु’को विशेष शो सम्पन्न भएको छ । एक राज थापाको प्रस्तुती रहेको सिनेमाको लेखन तथा निर्देशन राजबहादुर सानेले गरेका हुन् ।

सिनेमाले फरक क्षमता भएका व्यक्तिहरुको मनोभावनामा समसामयिक सामाजिक सन्देश मुलक कथा प्रस्तुत गरेको छ । विशेष शोमा पूर्व भौतिक तथा यातायात मन्त्री प्रकाश ज्वाला, केपी पाठक, दीपाश्री निरौला, बद्री पङ्गेनी, प्रेमनाथ अधिकारी र गोपालकाजी कायस्थलगायतको उपस्थिति रहेको थियो ।

रोशिका फिल्मसको ब्यानरमा निर्माण भएको सिनेमाको कार्यकारी निर्मातामा कमलप्रसाद शर्मा र खेमराज विक हुन भने निर्मातामा यमकान्त भन्डारी छन् । सिनेमामा हिउँवाला गौतम, प्रेम परियार, समिक्षा बस्नेत, देव सागर, सुशील गौतम, हेमराज घर्तिमगर, पदम तामाङ, कृष्णबहादुर थापा, रोशन थापा लगायतको अभिनय छ ।

सिनेमामा अरुण सुनारको छायाङ्कन, बसन्त सापकोटा र पुर्ण संयोगको सङ्गीत, तारा थापा ‘किम्भे’को सम्पादन, चेतनबहादुर सामतको रङ संयोजन र यज्ञ जङ्ग बिकको मुख्य सहायक निर्देशन रहेको छ ।