Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

‘बोक्सीको घर’को ट्रेलर

काठमाडौं : आइतबार राजधानीमा काठमाडौं एक कार्यक्रम गर्दै अभिनेत्री केकी अधिकारीको मुख्य भुमिका रहेको सिनेमा ‘बोक्सीको घर’को ट्रेलर सार्वजनिक गरिएको छ । सार्वजनिक साढे २ मिनेट लामो सिनेमाको ट्रेलरले बोक्सीमा आरोप लगाइएकी एक महिला पात्रलाई पछ्याउँछ । जुन भुमिकामा अभिनेत्री केकी अधिकारी प्रस्तुत छिन् ।

ट्रेलरमा पिपलको बोटलाई बिम्बको रुपमा प्रयोग गरिएको छ । पिपलको बोटप्रति विश्वास र अन्धविश्वास दुवै छ । यसैले हुनसक्छ, ट्रेलरमा केकीको पात्र पिपलको बोटमै बढी देखिएको छ । आगामी बैशाख १४ गतेदेखि सार्वजनिक प्रदर्शनमा आउन लागेको सिनेमामा सुलक्षण भारतीको लेखन तथा निर्देशन छ । उनी स्वयंले सिनेमामा केकीको श्रीमानको भूमिकामा निवार्ह गरेका छन् ।

केकी अधिकारी फिल्मस्को प्रस्तुतीमा निर्माण भएको सिनेमामा केकीका अलवा सुपला सापकोटा, श्वेच्छा राउत, सुलक्षण भारती, रमा थपलिया, सुष्मा निरौला, सबिन बास्तोला लगायतको अभिनय छ । लोचन रिजालको ब्याकग्राउण्ड म्युजिक रहेको सिनेमामा शिवराम श्रेष्ठको छायांकन र लोकेश बज्राचार्यको सम्पादन छ ।
सिनेमामा निर्माताका रुपमा केकीका बाबु बद्री अधिकारी रहेका छन् भने राज घिमिरे कार्यकारी निर्माता हुन् । टिफल्क फिल्मसले सिनेमाको वितरण अधिकार लिएको छ ।