Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

‘बलिदान’का विभिन्न प्रकरणहरू छिचोल्दै अघि बढ्ने यात्रामा छौँ : निर्देशक सेन

काठमाडौं : आगामी वर्ष २०८१ मा रिलिज हुने सिनेमा ‘बलिदान’को सेट डिजाइनको काम सुरु भएको छ । यस सिनेमाका निर्देशक सन्तोष सेनले सिनेमाको कथामा आउने देश काल र परिस्थितिलाई दुरुस्त झल्काउने लोकेसन खोज्नुपर्ने चुनौतीका बिच काम सुरु भएको बताएका छन् ।

नेपालका तराई क्षेत्रका रैथाने कला, संस्कृति र भूगोलसँग सिनेमाको कथाको परस्पर सम्बन्ध जोड्नुपर्ने र विश्व बजारमा देखाउनुपर्ने भएकाले व्यापक तयारीको आवश्यक रहेको सेनले बताए । सो तयारीका लागि पूर्वी नेपालको इटहरीमा रहेको बिएमसी छायाङ्कन स्टुडियोमा भव्य सेट तयार भइरहेको छ । सो स्टुडियोको उद्घाटन नै बलिदानबाट हुँदै छ ।

यो कार्यलाई निर्देशक सेनले ‘बलिदानको महत्त्वपूर्ण प्रकरण’ भनेका छन् । “बलिदानका विभिन्न प्रकरणहरू छिचोल्दै अघि बढ्ने यात्रामा छौँ । अबको प्रकरण बलिदानको कथा संसारमा आउने देश काल, परिस्थितिलाई दुरुस्त झल्काउने लोकेसन खोज्नुपर्ने चुनौती हो । लामो मेहनत, त्याग र तपस्याले सिर्जेको ‘बलिदान’को संसारलाई नेपालका तराई क्षेत्रका रैथाने कला, संस्कृति र भूगोलसँग जोड्नुपर्ने छ र विश्व बजारमा देखाउनुपर्ने छ” सेनले भने, “चलचित्र निर्माणको उचाइ बढाउन यो बिएमसी स्टुडियोको ठुलो भूमिका हुनेछ।”

‘बलिदान’बाट प्रमुख अभिनेताको रूपमा समीर भट्टले डेब्यु गर्दै छन् । उनले लामो समयदेखि भारतको मुम्बईमा रहेर अभिनय, मार्सल आर्ट, नृत्य र द्वन्द्वमा तालिमहरू गरिरहेका थिए । आसुसेन फिल्मस् प्रा.ली. तथा सन्तोष सेनको प्रस्तुति रहने यस सिनेमामा निर्माताको रूपमा पवन ब्राडफोर्ड बिस्ट तथा सह निर्माता प्रेम पुरी रहेका छन्।