Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

धुलिखेलमा भएको चलचित्र एप्रीसियसन कार्यशाला सम्पन्न

धुलिखेल : सञ्चारकर्मीहरूका लागि ५ दिने चलचित्र एप्रीसियसन कार्यशाला आज सम्पन्न भएको छ । बागमती सञ्चार रजिष्ट्रारको कार्यालयको आयोजना र नेपाल चलचित्र पत्रकार संघको संयोजनमा तालिम काभ्रेको धुलिखेलमा भएको हो । बागमती सञ्चार रजिष्ट्रार रेवती सापकोटाले तालिमको उद्घाटन गर्नुभएको थियो ।

तालिम चैत २१ गतेबाट सुरु भएको हो । कार्यक्रममा बागमती प्रदेशमा क्रियाशिल २१ पत्रकारहरू सहभागी रहेका तालिम संयोजक शर्मिली कर्माचार्यले जानकारी दिनुभयो । सहभागीलाई पत्रकार, चलचित्र निर्माता प्रशिक्षकद्धय अनुप सुवेदी र अरुण देव जोशीले सैद्धान्तिक र व्यवहारिक प्रशिक्षण दिनुभएको हो ।

तालिममा सहभागिहरूलाई चलचित्रको विकासक्रम, चलचित्रमा प्रयोग हुने प्राविधिक पक्षको बारेमा जानकारीसँगै चलचित्र विकासका कोशेढुंगा हुन सफल ऐतिहासिक चलचित्रहरूसमेत देखाइएको थियो ।