Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

कतार जान खोज्दा पनि भिसा लागेन : लेखक, निर्देशक उपेन्द्र सुब्बा

काठमाडौं : कबड्डी सिनेमाका “झाक्री” उपेन्द्र सुब्बाको परिचय धेरै छन् । उनी कलाकार भन्दा पहिला लेखक, कवि पनि हुन् । अहिले भने उनको परिचय थपिएको छ सिनेमा निर्देशकको रुपमा । वर्ष २०८० को ब्लकबस्टर सिनेमा “जारी” बाट उनले निर्देशकिय डेब्यु गरेका हुन् ।
‘कबड्डी’को ‘झाक्री’का रुपमा धेरै दर्शक माझ पुगेका उपेन्द्रलाई ‘द पोइट आईडल’ले अझ बिस्तारित सामाजिक छवि बनाउन सहयोग गर्यो । अहिले पनि उनी दोस्रो सिजनको निर्णायकको रुपमै देखिएका छन् ।

‘जारी’ सिनेमा रिलिज पश्चात् त उनको हाईप नै अलग भएको छ । धेरै जसोले राजधानीको यात्रा तय गर्ना साथ आफ्नो मौलिकतालाई सहरिया लवजमा घोलिदिन्छन् । तर, उपेन्द्रलाई अन्य भन्दा भिन्न यहीँ मौलिकताले गर्दा बनाएको छ । उनको लवजमा न त पुर्वेली लिम्बुपन हराएको छ न उनलाई सहरको चम्किलो जिन्दगीले चमकधमकले आकर्शित गरेको नै । यहीँ मौलिकताले नै हो उपेन्द्रको ‘जारी’ हिट भएको पनि । अब उनको “मनसरा” सिनेमा प्रदर्शनको तयारीमा छ । बैशाख २१ बाट प्रदर्शनमा आउने यो सिनेमालाइ लिएर पनि धेरै अपेक्षा गरिएको छ ।

उनै उपेन्द्र जो अहिले चर्चा र चमकधमकको जिन्दगी माझ छन्, उनलाई एक दशक जति धेरै दु:ख थियो । उनको विवाह भैसकेको थियो । सन्तान पनि थिए । तर, कमाई एक रुपैयाँ थिएन । घर चलाउन समेत ऋण लिन परेको थियो । उनले बिदेश जान पनि खोजे । बीस हजार तलब मै कतार भए पनि जान्छु भनेर मेनपावर पनि धाए । तर दु:खद दुई वटा पासपोर्ट एक्स्पायर हुँदा (दस बर्ष) सम्म पनि उनलाई बिदेश जाने अवस्था सम्म जुरेन ।

उनले दुबइ, कतार, साउदी मात्रै ट्राई गरेनन् । हङकङ आईडी बेच्ने चलन थ्यो त्यो बेला त्यो पनि उनलाई जुरेन । आफै सङ बसिरहेको साथी कोरिया पुग्यो उनलाई पत्तै नदिएर । तर, उनी भने अभावमा पिल्सिरहे । अहिले अवस्था बदलिएको छ । सिनेमाका कथा लेख्न भनेर धेरै मेकर उनलाई पर्खिन्छन । आर्थिक स्थिती पनि सामान्य बनिसकेको छ । र, जीवन अत्यन्तै सहज छ ।