Sur Cinema

गुपचुप रुपमा छायाङ्कन हुदैँ निर्देशक सुब्बाको ‘डम्बरे’

काठमाडौँ : निर्देशक उदय सुब्बाको निर्देशन रहने सिनेमा ‘डम्बरे’को छायाङ्कन गुपचुप रुपमा भैरहेको छ ।सिनेमाकाे केही हप्ता अघिदेखि झापाबाट छायाङ्कन सुरु भएको हो । निर्माण पुरा भएपछि मात्र सिनेमाको विषयमा हल्ला गर्ने उद्देश्यले सिनेमाको छायाङ्कन गुपचुप सुरु गरेको निर्देशक सुब्बाले बताए ।

इन्द्र लिम्बुको निर्माण रहेको सिनेमाको कथा युवाहरूमा बेरोजगारीले निम्त्याएको विभिन्न समस्यामा आधारित छ ।सिनेमामा अर्जुन गुरुङ, चन्दा दाहाल, जीवन लिम्बु, विजय लिम्बु, धिरज परेवा, विजय राई, राजेन्द्र दाहाल अलावा निर्देशक सुब्बाको पनि मुख्य भूमिका रहनेछ ।

एसएस इन्टरनेशनल फिल्मस् प्रालीको ब्यानरमा निर्माण हुन लागेको सिनेमाको छायांकार बिक्रम डिसी हुन् । विकास चौधरीको सङ्गीत, विजय लिम्बुको द्वन्द्व रहेको सिनेमा झापा र इलामका विभिन्न स्थानमा छायाङ्कन हुनेछ । सिनेमाको छायाङ्कन सेडुल एक महिनाको रहेको छ भने सिनेमामा ‘डम्बरे’को शीर्ष भूमिकामा अर्जुन गुरुङ देखिदै छन् ।