Sur Cinema

‘बद्री बहादुर’मा काम गर्दा धेरै कुरा सिक्न पाए : राजीव जंग बस्नेत

काठमाडौं : यहि शुक्रबार अर्थात चैत २३ बाट सार्वजनिक प्रदर्शनमा आउन लागेको शोभित बस्नेत निर्देशित सिनेमा ‘बद्री बहादुर’ टिमले आज बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रम गर्दै पत्रकार भेटघाट गरेको छ । पछिल्लो समय अभिनय भन्दा पनि बढी उट्पट्याङ अभिव्यक्तिले चर्चामा आईरहने जयकिशन बस्नेतले पत्रकार सम्मेलनमा बोल्दै आफ्नो आगामी सिनेमा ‘बद्री बहादुर’ नचलेको अवस्थामा अभिनयबाट सन्यास लिने घोषणा गरेका छन् ।

त्यस्तै, मार्सल आर्ट खेलाडी समेत रहेका अभिनेता राजीव जंग बस्नेतले ‘बद्री बहादुर’मा काम गर्दा धेरै कुरा सिक्न पाएको अनुभव सुनाए छन् । सिनेमालाई शोभित बस्नेतले निर्देशन गरेका हुन् भने उनी आफैं पनि उक्त सिनेमामा विशेष भूमिकामा छन् । धिरेन शाक्य, उत्तम केसी, एलिना गुरुङ, छुल्ठिम गुरुङ लगायतको पनि अभिनय रहेको छ ।