Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

वैदेशिक रोजगारीको पीडा बोल्ने सिनेमा ‘द रेड सुटकेस’को ट्रेलर

काठमाडौं : सिनेमा ‘द रेड सुटकेस’को ट्रेलर सार्वजनिक गरिएको छ । मंगलबार काठमाडौंमा एक कार्यक्रमबीच सिनेमाको दुई मिनेट १४ सेकेण्ड लामो ट्रेलरले सिनेमाको कथावस्तुबारे प्रकाश पार्छ । ट्रेलरले विदेशबाट आएको शवको कफिन ‘पिकअप भ्यान’मा लिएर गन्तव्यसम्म पुर्याउने पात्रलाई पछ्याएको छ । ट्रेलरमा सिनेमाका कलाकार विपिन कार्की, सौगात मल्ल, सृष्टि श्रेष्ठलगायतलाई समेटिएको छ । ट्रेलर हेर्दा सिनेमाले वैदेशिक रोजगारीको पीडा बोल्ने अनुमान गर्न सकिन्छ ।

भेनिस फिल्म फेष्टिभलमा दुई-दुईवटा अवार्ड जित्न सफल ‘द रेड सुटकेस’ फिडेल देवकोटाको लेखन तथा निर्देशनमा तयार भएको हो । सौगात, विपीन र सृष्टि श्रेष्ठको अलवा सिनेमामा प्रवीण खतिवडाको अभिनय छ ।

आइसफल प्रोडक्सनका लागि रामकृष्ण पोखरेलले निर्माण गरेको सिनेमालाई सुशन प्रजापतिको छायांकन र समन अलभितिगाको सम्पादन छ । श्रीलंकामा प्राविधिक काम गरिएको सिनेमामा शोभा थापा निर्माता र श्रीलंकाकै विमुक्ति जयसुन्दरा सहनिर्माताको हुनुहुन्छ ।

गत वर्षको सेप्टेम्बरमा भेनिसमा वल्र्ड प्रिमियर भएको सिनेमाले त्यही फेष्टिभलमा महत्वपूर्ण दुई अवार्ड जितेको थियो । त्यसयता सिनेमा संसारकै पुरानोमध्ये एक मानिने जर्मनीको म्यानहाइम हाइडेलवर्ग इन्टरनेसनल फिल्म फेष्टिभल, स्विजरल्याण्डको जुरिच फिल्म फेष्टिभल, भारतको मुम्बई फिल्म फेष्टिभल आदि फेष्टिभलमा प्रदर्शन गरिएको थियो ।