Sur Cinema

बसन्तको ‘ज्वाइँ साब’ बन्दै जितु

काठमाडौं : रेड आई फिल्मस्को प्रस्तुति, ओएसआर डिजिटल र मौसम फिल्मस्को सहकार्यमा निर्माण हुन लागेको सिनेमा ‘ज्वाइँ साब’को केन्द्रिय भूमिकामा कलाकार जितु नेपाल अनुवन्धित भएका छन् । राज कुमार पण्डितको निर्माणमा तयार हुन लागेको यो सिनेमाका लागि जितुसँग निर्माणपक्षले कागजी संझौता गरेको हो । सामाजिक कथावस्तुलाई कमेडी शैलीमा भन्न लागिएकाले पनि जितु नेपाललाई सिनेमाको मुख्य भूमिकामा अनुवन्धित गरिएको निर्माता राजकुमार पण्डितले जानकारी दिए ।

हाँस्य कलाकारको रुपमा चर्चित रहेका जितुको सिनेमामा पनि माग बढेको छ । दर्शकले उनको अभिनयलाई रुचाएपछि निर्माताहरु पनि उनलाई अनुवन्धित गर्न लालयित देखिएका छन् । यो सिनेमालाई लिएर आफू पनि निकै उत्साहित रहेको जितुको भनाई छ ।

यो सिनेमालाई बसन्त निरौलाले निर्देशन गर्दैछन् । सिनेमामा मिना देवी खड्का, सौगात पण्डित र पदम तामाङको लगानी रहनेछ । सिनेमाका कार्यकारी निर्माता बिजय बस्याल हुन् । यो सिनेमामा सविन अधिकारीको कथा, शंकर धितालको पटकथा तथा संवाद रहनेछ ।

यसैबिच, निर्माणपक्षले सिनेमाको प्रदर्शन मिति समेत तय गरेको छ । यो सिनेमालाई आउँदो वर्षको तिहारमा रिलिज गर्ने पक्का गरिएको निर्देशक निरौलाले जानकारी दिए । सिनेमाको छायांकन वैशाख १५ गतेबाट सुरु गर्ने तयारी गरिएको छ ।