काठमाडौं : असार २८ बाट सार्वजनिक प्रदर्शनमा आउन लागेको मगर संस्कृतिमा आधारित सिनेमा ‘घरज्वाइँ’को क्यारेक्टर लुक्स सार्वजनीक गरिएको छ । अनिल बुढा मगरको निर्देशनमा जनक घर्ती मगरले निर्माण गरेको सिनेमाका दुईवटा क्यारेक्टर लुक्स सार्वजनिक गरिएको हो । सार्वजनिक लुक्स मध्ये एउटामा अभिनेता दयाहाङ राई बन्दुक बोकेर रिसाहा अवतारमा प्रस्तुत भएका छ्न् भने अर्कोमा उनी डोकोहरु बोकेर अभिनेत्री मिरुना मगरको पछि हिडिरहेका छन् । क्यारेक्टर लुक्सबाट सिनेमाको थीम अनुमान लगाउन मद्दत मिलेको छ ।

पूर्वी रुकुम आसपासमा करिव एक महिना छायांकन गरिएको सिनेमाको कथा पनि निर्देशक अनिल आफैले लेखेका हुन् । पटकथा,संवादमा भने उनले बिनोद खतिवडा र सुभाष कोइरालाको साथ पाएका छन् ।
जिएम मुभीजको ब्यानरमा निर्माण भएको सिनेमा सुसन प्रजापतिले खिचेका हुन् । सिनेमाका गीतमा हर्क साउद र मनोज थापाको शब्द,संगीत, रामजी लामिछानेको कोरियोग्राफी छ । कृष्ण भण्डारीले सम्पादन गर्ने सिनेमाको डिजिटल पार्टनर बुढा सुब्बा डिजिटल हो । एमएसएम,अष्ट्रेलियाले अन्तरास्ट्रिय प्रदर्शन अधिकार लिइसकेको छ । सिनेमालाई नेपाल बितरण आर आर फिल्मसले गर्दैछ ।
सिनेमामा दयाहाङ र मिरुनाका साथमा बुद्धि तामाङ,पुष्कर गुरुङ,शिशिर वाङ्देल,भोलाराज सापकोटा,खड्कबहादुर पुन (खबपु),राज थापा,कविता आले, शिला आले, अनु थापा, बिना थापा मगर, सोनाम लामा, बिबेश बुढा मगर र सुनिल मगरले अभिनय गरेका छ्न् ।















