Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

‘फर्की फर्की’को फस्टलुक

काठमाडौं : नायक अनमोल केसीको जन्मदिनको अवसर पारेर सिनेमा ‘फर्की फर्की’को फस्टलुक रिलिज गरिएको छ । आउँदो बर्षको जेठ १० गतेबाट रिलिजमा आउन लागेको यो सिनेमाको फस्टलुकमा नायक अनमोल केसीलाई मात्र स्थान दिइएको छ ।

अनमोलका यसअघिका लभ स्टोरी सिनेमाको पोष्टर भन्दा यो पोष्टर विल्कुलै फरक छ । सिनेमाको फस्टलुक हेर्दा सिनेमाले समयको कथा भन्छ भन्ने अड्कल लगाउन सकिन्छ ।

लभ स्टोरी जनरामा बनेको यो सिनेमालाई ओम प्रकाश अग्रवालसँग मिलेर रोहित अधिकारीले निर्माण गरेका हुन् । सिनेमामा मनोज ओली र रामु न्यौपाने सह–निर्माताको रुपमा छन् ।

सिनेमा ‘फर्की फर्की’लाई सुयोग गुरुङले निर्देशन गरेका हुन् । सिनेमामा अनमोल केसीको साथमा नायिका जसिता गुरुङको मुख्य भूमिका छ । साथमा सिनेमामा रवि न्यौपाने, समृद्धि अर्याल, कृष्ण मल्ल, निर्मल शर्मा लगायतका कलाकारको पनि अभिनय छ ।

सुयोग गुरुङकै कथा तथा पटकथा रहेको यो सिनेमामा रोमन बज्राचार्य र नरेन लिम्बुको संगीत, नरेन्द्र मैनालीको डीओपी, सुरेन्द्र पौडेलको सम्पादन, किरण थापाको कोरियोग्राफी छ ।

सिनेमा ‘फर्की फर्की’लाई लिएर नायक अनमोल केसी निकै उत्साहित छन् । यो सिनेमाको कथावस्तु आफूले यसअघि काम गरेका सिनेमाको भन्दा फरक रहेको भन्दै अनमोलले दर्शकको माया पाउने विश्वास व्यक्त गरे ।