Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

सबिरको ‘रुखान’मा नीति अनुबन्धित

काठमाडौं : सविर श्रेष्ठको निर्देशन रहने सिनेमा ‘रुखान’को नायिका फाइनल गरिएको छ । नीति शाहलाई अनुबन्धित गर्दै निर्माण टिमले नायिका पक्का गरेको हो । ४ वटा भाषामा निर्माण हुन लागेको यो सिनेमामा नीति एक बिद्रोही महिलाको भूमिकामा देखिदैछिन् ।

यो सिनेमालाई नेपाली, हिन्दी, अंग्रेजी र भोजपुरी भाषामा बनाउने तयारी निर्माणपक्षको छ । कृष्ण थापा (अष्ट्रेलिया) र सुरेश गुरुङको निर्माणमा बन्ने यो सिनेमामा डाक्टर रुपक घिमिरेको कथा छ । सिनेमाका कार्यकारी निर्माता सविन श्रेष्ठ हुन् ।

सिनेमामा अर्जुन पोखरेलको सङ्गित, अभिमन्यू निरवीको पटकथा तथा संवाद रहनेछ । सिनेमा सविन फिल्मस्, भिक्टोरी प्रोडक्शन हाउस प्रा.लि र काइट्स इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुन लागेको हो । सिनेमाको निर्माणमा आवरण स्किन हेयर क्लिनिकले पनि सहकार्य गरेको छ ।

सिनेमाले सिंगो देशका नागरिकहरुले समस्याबाट जुध्दै गर्ने संघर्षलाई देखाउने निर्देशक सविर श्रेष्ठले बताए । उनका अनुसार महिलाको संघर्षको कथा देखाउन लागिएकाले नायिकामा नीति शाहलाई अनुवन्धित गरिएको हो ।