Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

‘महाजात्रा’ टिजर : पैसाको कथाको निरन्तरता

काठमाडौं : पछिल्लो समय नेपाली सिनेमा मेकरले ट्रेलर र टिजरमा सस्पेन्स सिर्जना गर्ने बहानामा पुरै कथा देखाउछन् । प्रचार सामाग्री सकिदा सम्म त लाग्छ सिनेमा नै सकिन्छ । तर यो भिडमा सिनेमा ‘महाजात्रा’ भिन्न देखिएको छ ।

सिनेमाको प्रदर्शन मिति चैत ९ नजिकिदै गर्दा निर्माण टिमले सिनेमाको टिजर सार्वजनिक गरेको छ ।सार्वजनिक टिजरमा प्रमुख भुमिकामा देखिने भनेर चर्चा गरिएका हरिबंश आचार्य नाईके अर्थात योजनाकार हुन् कि जस्तो देखिन्छ । त्यस्तै दिब्य देव प्रहरीको भुमिकामा रहेको अनुमान लगाउन सकिन्छ ।

पहिलाका दुई सिनेमा झै यो सिनेमामा पनि पैसाको कथा भनिएको छ । वर्षा राउतको पुराना सिनेमामा देखिएको रिस नोकझोक मिसिएको चरित्र देखि बिपिन कार्की, रवीन्द्र सिंह बानियाँ र रवीन्द्र झा सम्मको चरित्रले अहिले सम्म पनि निरन्तरता पाएको छ । समग्रमा टिजर ठिकठाक बनेको छ ।

प्रदीप भट्टराईको लेखन तथा निर्देशनमा तयार भएको यो सिनेमामा राजाराम पौडेल, प्रकाश घिमिरे, गौमाया गुरुङ, शिशिर वाङ्देङ, अर्जुन जंग शाही, सुमन कार्की, प्रबिन खतिवडा अर्बिन खड्का, कायरा कार्की लगायतका कलाकारको पनि मुख्य भूमिका छ । 

षट्कोण आर्ट्सको प्रस्तुतिमा तयार भएको सिनेमामा म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेलको लगानी छ । सिनेमाका कार्यकारी निर्माता रवीन्द्र सिंह बानियाँ हुन् । मित्र डि गुरुङको सम्पादनमा रहेको सिनेमालाई पुरुषोत्तम प्रधानले खिचेका हुन् ।