Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

सिनेमा निर्माणमा लाग्ने लागतमा पुनर्विचार गरौं: नवल नेपाल

काठमाडौं : फागुन ०८ गते एका बिहानै सिनेमा लेखक तथा निर्देशक नवल नेपालले आफ्नो सामाजिक सन्जाल फेसबुकमा एउटा पोष्ट गरे “खाद्य र पेट्रोलियम पदार्थ बाहेक अन्य सबै कुराहरुमा बजेट सन्तुलित बनाउन सकिन्छ । यो बिषयमा हामी किन बहस गर्दैनौ ? शान्त सिनेमा बजार र समाधान।”

उनको खास आशय के थियो ? हामिले प्रश्न सोधेका थ्यौ । उनले भने “अस्वस्थ्य प्रतिस्पर्धा, अब्बल हुने होडबाजी र एकले अर्काको अस्तित्व श्विकार गर्ने संस्कृती फराकिलो नभइदिदा, हामी आफू आफै कमजोर भएका छौ । र अब कल्पना गरौ, कमजोर बिचार बाट कस्तो सिनेमाको उत्पादन होला ? त्यस किसिमका बिचार बाट उत्पादित सिनेमाको बिस्वसनियता कुन उचाइमा होला ! आजका मितिमा लेखक, निर्देशक, कलाकार, प्राविधिक सबैको अपेक्षा र महत्वकांक्षा ठूलो देखिन्छ । जुन अहिलेको अवस्थामा अनुकुल छैन् । चाहे पारिश्रमिकमा होस् या अन्य कुरामा बजारले थेगी नसक्नुका मागहरु हामी सुन्ने गर्छौ । भलै सबैमा त्यो लागू नहोला तर अनर्गल हल्ला फैलाएर सिनेमा बजारलाई नै धमिलो बनाइन्छ, त्यो राम्रो हैन् ।

केही समय अगाडि सिनेमा बजारनै कमजोर रहेको परिस्थिती देखाउदै बलिउडमा पनि बहस चलेको थियो र महङ्गा भनिने कलाकारहरुले आफ्नो पारिश्रमिक लगायतलाई लिएर पुनर्बिचार गरेका थिए । त्यसैले बजार सुहाउदो आफ्नो काम प्रतीको इमान, लगाव र जिम्मेवारी महसुस गर्दै तत तत निकायको निर्देशनमा समय सुहाउदो सिनेमा निर्माणमा हातेमालो गर्दै अगाडि बढ्न अहिलेको अवस्थामा आवश्यक देखिन्छ।”