काठमाडौं : बिदेशीनु पहिलो बिकल्प होइन्, धेरै युवा बाध्यताले बिदेशीन्छन् । यसका कारण मध्य देशको प्रणाली देखि पारिवारिक दवाव र समाजको देखासिखी गर्ने प्रवृत्ति मुख्य हो । यही अवधारणामा आधारित गीत ‘मिर्मिरे भो’ सार्वजनिक भएको छ ।
एक ब्यक्तिले बिदेशीनबाट रोकिन हर सम्भव प्रयास गर्छ । तर केही नलागेर अन्तिम बिकल्पको रुपमा बिदेश नै रोज्छ यही कथामा यो गीतको भिडियो तयार पारिएको छ । राम प्रसाद पाठकले लेखेका गीतका शब्दमा चन्डी प्रसाद काफ्लेले सङ्गित गरेका छन् ।
राजन न्यौपानेको स्वर रहेको गीतमा सङ्गित सम्योजन देवेन्द्र नेवाको रहेको छ । केकी अधिकारी, राजन न्यौपाने, कलश पाण्डे र रोशन श्रेस्ठ फिचर्ड गीतको भिडियो अनुप चापागाईले निर्देशन गरेका हुन् । बुद्ध थापाले खिचेको भिडियो विकास दाहालले सम्पादन गरेका छन् ।















