काठमाडौं : पछिल्लो समय नेपाली मेकरहरुले नयाँ सिनेमा घोषणा गर्ने लहरै चलेको छ। यही लहरका बीचमा लोकप्रिय हास्य टेलि शृङ्खला ‘सक्किगोनी’ टिमले पनि नयाँ सिनेमा निर्माणको घोषणा गरेको छ।
बुधबार सरस्वती पूजाको अवसर पारेर सक्किगोनी टिमले सिनेमा ‘लाज शरणम्’को घोषणा गरेको हो। घोषणासँगै टिमले सिनेमाको फर्स्टलुक पोस्टर पनि रिलिज गरेको छ। पोस्टरमा चाहिँ सिनेमाको टाइटल मात्र छ। सिनेमालाई जिग्रीपाँडे टिमले मिलेर निर्देशन गर्दैछ।
सिनेमाको अन्य जानकारी भने निर्माण टिमले गराएको छैन। सिनेमामा सक्किगोनी टिमकै कलाकारहरु रहन सक्ने आँकलन गरिएको छ।















