Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

विवादले सचेत बनायो : अभिनेत्री केकी अधिकारी

काठमाडौं : अभिनेत्री केकी अधिकारी कवितात्मक प्रतियोगिताको जज बनेपछी विवाद सिर्जना भयो । अभिनय र बोलीको कारण दर्शक माझ सदैव प्रिय उनी एकाएक विवादमा आईन ।

रियालिटी शो ‘द पोईट आइडल’को दोश्रो सिजनमा उनलाई निर्माण टिमले जजको रुपमा भित्र्यायो । यो खबर बाहिरिए सगैँ विवाद सुरु भयो । तर यो क्रमलाई केकीले सकारात्मक रुपमा लिएकी छन् । उनले कला क्षेत्रमा भएको कारण विवादलाई अनौठो रुपमा लिएकी छैनन् । उनले एक अन्तरबार्तामा भनेकी छिन् ‘यस अघि पनि कतिपय समय यस्तो घटना भोगेको कारण यो घटनाले खासै छोएन बरु नंया क्षेत्र र नया कामलाई लिएर जिम्मेवार हुनपर्छ भन्ने प्रेसर चाहिँ पर्यो ।’

पहिलो सिजनको रेगुलर दर्शक भएको कारण उनी कार्यक्रम हेरेर आफू नजिक भएका ब्यक्तिलाई आफ्नो प्रतिक्रिया सुनाउथे । अहिले त आफै कुर्सीमा बसेको हुँदा आफ्नो प्रतिक्रिया सुनाउने माध्यम पाए झै भएको छ उनलाई । उनि जजको लागि अफर आउदा खुसी भइन् । बाकीँ आफुलाई प्रमाणित गर्न अब पक्कै आफ्नो क्षमताले भ्याए सम्मको राम्रो काम गर्ने नै छिन् ।

अझै पनि रियालिटी शो भएको हुदा दर्शकले नै अन्तिम फैसला गर्ने भन्दै सोको दर्शकले गरेका भिन्न भिन्न टिप्पडीले आफुलाई फिटिक्कै दुख नलाग्ने उनको तर्क छ । यदी विवाद नआएको भए कतै उनले ‘ह्या’ भन्दै आफ्नो कामलाई सिरियसली लिने थिइनन् कि ? अब त उनी माथी राम्रो गर्नै पर्ने प्रेसर पनि छ ।

आज सोमबार बाट पोइट आईडल प्रसारण हुँदैछ । अघिल्लो पटकको लोकप्रियतालाई ध्यानमा राख्दै कमि सुधार्दै यो पटकको सिजन टिमले ल्याएको छ । दर्शकको सकारात्मक प्रतिक्रिया आउँछ भन्नेमा टिम आशावादी छ ।