Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

‘अगस्त्य’को गीत ‘मायामा तिम्रै मायामा’ : सौगात र मलिकाको प्रेमभाव

काठमाडौ : फागुन १८ गते रिलिज हुने सिनेमा ‘अगस्त्य च्याप्टर १’को भ्यालेन्टाइन डेको छेको पारेर प्रेमभावको गीत ‘मायामा तिम्रै मायामा’ सार्वजनिक गरिएको छ । गीतमा सिनेमाका प्रमुख कलाकार सौगात मल्ल, मलिका महत र रविन्द्र झालगायतका फिचर्ड छन् ।

ओएसआर डिजिटलबाट सार्वजनिक गरिएको गीतमा एसडी योगी र विज्ञानी  पराजुलीको स्वर रहेको छ । एसडी योगीको संगीत र मिक्सिङ मास्टरिङ रहेको गीतमा सबिन एकतारेको शब्द, रिकेश गुरुङ संगीत निर्माता रहेका छन् ।

सिनेमाको फस्टलुक सार्वजनिक भएदेखि नै चासोको विषय बन्नुका साथै केही दिन अघि सार्वजनिक भएको टिजरले चौतर्फी तारिफ पाइरहेको छ । टिजरबाट मिलेको सकारात्मक प्रतिक्रियाबाट निर्माण पक्ष थप उत्साहित बनेको छ ।

सौरभ चौधरीको लेखन तथा निर्देशन रहेको सिनेमामा सौगात मल्ल, नाजिर हुसेन, निश्चल बस्नेत, मलिका महत, प्रमोद अग्रहरी, बेन बस्नेत, विजय बराल, रविन्द्र झा, शिशिर वाङ्देल, सिम्रन खड्का, प्रकाश दाहाल, प्रदीप ढकाल, गजेन्द्र त्रिपाठी, सचिन चन्द्रलगायतको अभिनय छ ।

डार्क हर्स इन्टरटेनमेन्ट र सेभेन सिज इन्टरटेनमेन्टको प्रस्तुती रहेको सिनेमामा प्रकाश मल्ल, अनिश तामाङ, विनोद पौडेल निर्माता, तथा विश्व गौचन, अभिषेक चौधरी कार्यकारी निर्माता छन् ।

सिनेमामा सञ्जय लामाको छायाङ्कन, मनोज श्रेष्ठको भीएफएक्स, कविराज गहतराजको कोरियोग्राफी, सौरभ शर्मा, भास्कर स्वारको पाश्र्व संगीत, सुप्रिम पराजुलीको कलर छ ।

यो सिनेमा फागुनको १८ गते नेपालसँगै विश्व भरबाट रिलिज हुनेछ । सिनेमा अमेरिका र बेलायतमा ८ सयदेखि एक हजार शो, क्यानडामा १ सय ५० शो, युरोपका अन्य देशसँगै जापान, कोरिया, हङकङ र थाइल्यान्डमा १ सय ५० शो, अष्ट्रेलिया र न्युजिल्याण्डमा पाँच सय शो र मध्यपूर्वका देशहरुमा ७ सय ५० शोमा रिलिज हुने छ ।