Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

फ्राईडे रिलिज : ‘हात्तीछाप’ र ‘दयारानी’

काठमाडौं : आज माघ २६ गते शुक्रवारबाट अभिनेता दयाहाङ राईका दुई सिनेमा हलमा लागेका छन् । पाँच बर्ष अघि बनेर तयार ‘दयारानी’ र हालै बनेको सिनेमा ‘हात्तीछाप’ आजबाट सार्वजनिक प्रदर्शनीमा आएका हुन् ।

दुई भिन्न कथामा बनेका दुई सिनेमाका आफ्नै आफ्नै प्रकारका दर्शक भएको कारण दुबै सिनेमा सफल हुने अपेक्षा गरिएको छ ।

सिमोस सुनुवारको निर्देशन तथा किरण नेपालीको प्रस्तुति रहेको ‘हात्तीछाप’ मा दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह, बेनिशा हमाल, बुद्धि तामाङ, विजय बराल, कमलमणि नेपाल, पुष्कर गुरुङ, कविता आले, विल्सनविक्रम राई, विनोद न्यौपाने, भोलाराज सापकोटा, सुष्मा निरौला, रेयर राई, विशाल पहारी, सविन बास्तोलालगायतको अभिनय छ भने दीपकराज गिरी केमियो भूमिकामा छन् ।

त्यस्तै बाँसुरी फिल्मस् र माओत्से गुरुङ फिल्मस्को संयुक्त निर्माण रहेको ‘दयारानी’मा भने दयाहाङ राई, दिया पुन, विजय बराल, प्रमिसा गुरुङ, पुस्कर गुरुङ, शिरिषा कुँवर, नयन गुरुङ, सूर्य सुनार, क्रिष्टि गुरुङ, राजेन्द्र थापा, टीकाराम घले, सीतादेवी गुरुङलगायतका कलाकारको अभिनय छ । सिनेमामा माओत्से गुरुङको लेखन तथा निर्देशन रहेको छ ।