Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

दिपेन्द्रको ‘मेयर’मा वर्षाको इन्ट्री

काठमाडौं : ‘मेयर’ सिनेमामा अभिनेत्री वर्षा राउत अनुबन्धित भएकी छन् । दिपेन्द्र के खनालले निर्देशन गर्ने सिनेमामा वर्षा अनुबन्धित भएको खबर निर्माणपक्षले सार्वजनिक गरेको छ । खगेन्द्र लामिछानेको अपोजिटमा देखिने उनी यो सिनेमाको मुख्य महिला पात्र हुन् ।

खगेन्द्र र वर्षाका अलावा सिनेमामा अर्पण थापा र प्रकाश घिमिरेको अभिनय रहने छ । सिनेमा फागुनको दोश्रो साताबाट फ्लोरमा जाने तयारीमा रहेको निर्देशक खनाल बताउछन् ।

‘मेयर‘ सर्लाही जिल्लाको बागमती नगरपालिकाका मेयर भरतकुमार थापाको जिवनमा आधारित सिनेमा हो । सर्लाहीमा नै सुटिङ हुने यो सिनेमाका निर्माता सागर मैनाली र अरविसा थापा हुन् । माओवादीबाट निर्वाचन लडेका उनी यो नगरपालिकामा हाल आफ्नो दोश्रो कार्यकालमा रहेका छन् ।