Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

दुई भिन्न मुद्रामा ‘महाजात्रा’को नंया पोस्टर

काठमाडौं : प्रणय दिवसको छेको पारेर सिनेमा ‘महाजात्रा’ले दुई जोडी पात्रको पोस्टर सार्वजनिक गरेका छन् । सिनेमामा रहेका विपिन कार्की र वर्षा राउत तथा दिव्य देव र गौमाया गुरुङको जोडीलाई सार्वजनिक गरिएको हो ।

बर्षा बिपिनको जोडी रोमान्टिक मुद्रामा देखिन्छ भने दिब्य र गौमाया दुखी देखिन्छन् । तर भिन्न दुई मुद्रा प्रस्तुत गर्ने पोस्टरमा जोडीहरु बिच प्रेम भाव भने देखिन्छ । सिनेमा प्रदर्शनको मिति नजिकिदै गर्दा टिमले प्रचार सामाग्री सार्वजनिक गरिरहेको छ । यस्तोमा यस अघिका पोस्टरलाई झै यसलाई पनि दर्शकले मन पराउने अपेक्षा गरिएको छ । यसै पनि दुई सफल सिनेमाको सिक्वेल सिनेमा प्रतिक्षित बनेको छ ।

सोसल ड्रामा जनराको सिनेमामा दर्शकहरुले फणिन्द्र (विपिन) र सम्पदा (वर्षा) को प्रेमलाई ‘जात्रा’ शृङ्खलामा रुचाउदै आइरहेका छन् । अब यसमा दिव्यदेव (इन्स्पेक्टर एकदेव खत्री) र गौमाया (कान्ति थकाली) पनि जोडी थपिएका छन् ।

सिनेमाले वक्स अफिसमा उत्साहजनक व्यापार गर्ने आशा राखिएको छ । सिनेमामा हरिवंश आचार्य, रवीन्द्रसिंह बानियाँ,रवीन्द्र झा अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, दिव्यदेव, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्का लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेलको संयूक्त निर्माण रहेको सिनेमाको डायस्पोरा प्रदर्शन अधिकार एमएसएम इन्टरटेनमेन्टले लिएको छ । जित बहादुर रुवाली एसोसियट निर्देशक रहेको सिनेमामा पुरुषोत्तम प्रधान छायाँकन, कुमार महर्जन द्वन्द्व निर्देशन, कविराज गहतराज नृत्य निर्देशन तथा आशिष अविरल संगीत, रूपकप्रताप अधिकारी प्रोडक्सन डिजाइनर र मित्र देव गुरुङको सम्पादन रहेको छ ।