Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

मलेसियामा नवगायकको उपाधी परियारलाई

काठमाडौं : साङ्गितिक क्षेत्रमा संघर्ष गरिरहेका गायक बलराम परियारले नव गायकको उपाधी पाएका छन् । उनले तेस्रो सिल्भर इन्टर्नेसनल म्युजिक अवार्ड अन्तर्गत नवगायकको उपाधी पाएका हुन् ।

मलेसियामा साङ्गितिक साझको साथ भएको अवार्ड कार्यक्रममा सम्मानित हुन पाउँद उनले खुसी ब्यक्त गरे । ‘मानव’ बोलको गीत मार्फत उनले नवगायकको उपाधी पाउन सफल भएका हुन् ।

उनको स्वर रहेको गीतमा सिडी बिजय अधिकारीको सङ्गित र कर्ण गुरुङको शब्द रचना रहेको छ । परियारले पहिलो पटक बिदेशी भुमिमा पुगेर अवार्ड थापेका हुन् ।