Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

‘ऊनको स्वीटर’को फस्ट लुक पोस्टर सार्वजनिक

काठमाडौं : सिनेमा ‘ऊनको स्वीटर’ को फस्ट लुक पोस्टर सार्वजनिक भएको छ । वर्ष २०२४को अटममा रिलिज गरिने भन्दै ल्याईएको सिनेमाको पोस्टर आकर्षक छ ।

नेपथ्यमा हिमाल, ढुङ्गा र माटोबाट बनेको घर, घरको बार्दलीमा सजाईएका फूल, बासले घेराबन्दी गरिएको सिनेमाका मुख्य कलाकारलाई देख्न सकिन्छ । बिपिन कार्की र मिरुना मगरको मुख्य भुमिका रहेको सिनेमाका लागि तयार गरिएको पोस्टरमा बिपिनले ऊनको स्वीटर लगाएका छन् ।

कपडाको पाइन्ट र गोल्ड स्टार जुत्ताले उनी सिनेमामा पहाडी युवाको चरित्र गर्दैछन् भन्ने भान हुन्छ । गुरुङ जातिले लगाउने पहिरनमा सजिएकी मिरुनाले कपालमा धागो लगाएकी छिन् । हिमाली भेगकी युवती र पहाडी भेगका युवाको प्रेम र जिवनको कथामा सिनेमा बनेको हो कि भन्ने लाग्छ ।

ऊनीको धागोले बनाईएको स्वीटर जसलाई मायाको प्रतिक मानिन्छ । एक जमानामा मायालुलाई उपहार स्वरुप आफैले बुनेका स्वीटर रुमाल र गलबन्दी उपहार दिने चलन थियो । कलामा मौलिकता पस्किने आर्टमान्डु समुहले यही बिषय माथी सिनेमा बनाएको देखिन्छ ।

आर्ट्मान्डुको ब्यानरमा निर्माण भएको सिनेमामा विपिन र मिरुनाका अलावा एलेक्स पारस, परीक्षा लिम्बु, अनिल सुब्बा लगायतका कलाकारको पनि अभिनय छ । सिनेमा नवीन चौहानले निर्देशन गरेका छन् भने चिन्तन राज भण्डारीले खिचेका हुन् । यस अघि बिपिनले आर्टमान्डु संग बटौली गीतको भिडियोमा सहकार्य गरेका थिए ।