Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

यसरी तयारी गरेकी थिइन् दियाले ‘दयारानी’को चरित्रमा आउन

काठमाडौं : करिव पाँच बर्ष अघि कलाकार दिया पुनले गरेको काम पर्दामा देखिन लागेको छ । नेपाल बाहिर केही स्थानमा प्रदर्शन भए पनि ‘दयारानी’ अब नेपालमा पनि सार्वजनिक प्रदर्शनमा आउन लागेको छ ।

यही माघ २६ गतेबाट हलमा लाग्ने सिनेमाका लागि दियाले खास मेहनत गर्नु परेको थियो । उक्त समय दियाले सन्तान नहुनुको पिडा त के विवाहको समेत अनुभव समेटेकी थिइनन् आफ्नो जिवनमा । त्यसैले क्यारेक्टरको इमोसन कसरी ल्याउने भनेर उनी समस्यामा थिइन ।

निर्देशक तथा लेखक माओत्से गुरुङ र को एक्टर दयाहाङ राई संग सल्लाह पनि गर्दै थिइन । यही क्रममा आफुले आफ्नो जिवनमा मनबाट चाहेको तर पाउन नसकेको केही चिज कल्पिएर त्यही इमोसन ल्याउदै उनले ‘दयारानी’को आफ्नी चरित्रमा अभिनय गरेकी थिइन । ट्रेलर हेर्दै गर्दा उनले अभिनय मार्फत दर्शकलाई चरित्रमा बिश्वस्त गराउने देखिएको छ ।

उनले आफुले सकेको प्रयास गरे पनि साच्चै मानिस जसले यो पीडा भोगेको छ जस्तो भोगाई त के कल्पना पनि त्यहा सम्म आफुले गर्न नसकिने बताएकी छिन् । तर उनले चरित्रलाई न्याय दिन सक्ने यस अघिका कामले पनि प्रमाणित गरिसकेकी छिन् ।

सेटमा रहदा उनि आफ्नै जोनमा रमाउछिन् । दया मजाकिया स्वभावका छन् । अरु संगै रमाईलो गर्दै जोक भन्दै हास्दै बस्छन् । तर दिया त्यसो नगरेर कतै कुनामा भेटिन्छिन । उनी चरित्रमा रहदा झट्टै बाहिर आएर फेरि चरित्रमा नै फर्कीन सक्दिनन । त्यसैले उनी आफ्नै छुट्टै जोनमा रमाउछिन । एक अन्तर्वार्तामा उनले यो कुरा खुलाएकी छिन् ।