Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

हात्तीछाप’लाई लिएर उत्साहित उपासना

काठमाडौं : सिनेमा ‘हात्तीछाप’लाई लिएर उत्साहित रहेकी नायिका उपासना सिंह ठकुरीले यसको कथावस्तु शक्तिशाली रहेको बताएकी छिन् । मिडियाकर्मीसँग कुरा गर्दै उपासनाले भनिन्–‘यो सिनेमाले नेपाली दर्शकलाई भावनात्मक रुपमा जोड्छ । यसलाई व्यवसायिक सिनेमाको रुपमा मात्र हेर्नु हुदैन । सबै नेपालीहरुले भोगेको बिषयलाई लिएर कथा बनाइएको छ ।’

उसो त सिनेमाहरुमा चुम्बन भनेको सामान्य जस्तै हो । यहि सिनेमामा दयाहाङ सङ्ग उनको गालामा चुम्बन गरेको दृश्य ट्रेलरमा अटाएको छ । यही बारे प्रश्न गर्दा उनले कलाकार भएकोले यस्ता कुरालाई सहजै स्विकार्नु पर्ने बताईन ।

उनलाई अहिले सम्म धेरै सिनेमाबाट अफर आएको उनी बताउछिन् । अहिले सम्म आधा दर्जन जति सिनेमामा काम गरेकी उनलाई अफर धेरै आएको र रिजेक्ट गरेको पनि उनको तर्क थियो । त्यसो त ‘कबड्डी’ सिरिजको स्कृप्ट बोकेर उनको घर सम्म पुगेको खबर खुब चर्चित बनेको थियो । यसरी हेर्दा सिनेबजारमा उनको हाई डिमाण्ड छ । तर, दुखद उनलाई आफ्नो क्षेत्रका अग्रज बारे भने केही पनि थाहा छैन् ।

आफू काम गरेको क्षेत्रको जग बारे उनी बेखबर छिन् । र, त्यसबारे समीक्षा गर्दै गर्दा सिक्न सकिने भन्दै गैर जिम्मेवार पुर्ण जवाफ दिन्छिन उनि । यसरी हेर्दा उनी कतै आफुलाई ‘परी’ त सोच्दै छैनन् भन्ने भान दर्शकमा पर्न सक्छ । होइन भने कम्तिमा पनि सिनेजगतको अति सामान्य जानकारी भने उनलाई हुनुपर्ने हो ।

यी सब गल्तिको जवाफ उनले गरेका सिनेमाको सफलतालाई मान्न भने सकिन्छ । उनले गर्ने काम, अभिनयमा उनी अब्बल छिन् । यो उनका लागि सुखद पक्ष हो । र यो यथार्थलाई सबैले स्विकारेका पनि छन् । तर, अग्रज र आफ्नो कार्यक्षेत्र बारे केही ज्ञान बटुल्न सके सुनमा सुगन्ध हुने थियो कि ?

उनी अभिनित सिनेमा ‘हात्तीछाप’ यही माघ २६ गतेबाट हलमा लाग्दै छ । सौगात मल्ल र दयाहाङ राई समेतको मुख्य भुमिका रहेको सिनेमा सिमोस सुनुवारले निर्देशन गरेका हुन् ।