Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

हिमाशुं रायमाझी ‘गाेधुली’काे ‘नयनले खोजी’ सार्वजनिक

काठमाडौं : नेपाली साङ्गितिक क्षेत्रमा करिब एक दशकदेखि गीत लेखन बिधामा सक्रिय गीतकार हिमाशुं रायमाझी ‘गाेधुली’काे शब्दमा ‘नयनले खोजी’ बाेलकाे गीत सार्वजनिक भएकाे छ ।

गीतमा पछिल्लाे समय आफुलाई गायन बिधामा अब्बल सावित गरि सकेका गायक फिराेज बस्नेतकाे स्वर तथा सङ्गित रहेकाे छ भने दिक्षित पाैड्यालले सङ्गित संयाेजन गरेका छन् ।

गीतकाे भिडियाे पनि गीत जति नै प्रेमिल र आकर्षक बनेकाे छ। भिडियाेमा अनिमा बिश्वकर्मा, ईश्वर श्रेष्ठ, दिब्यान्स सिक्देल, साेरा कार्कीकाे अभिनय देख्न सकिन्छ ।

भिडियाेकाे छायांकन बिशाल थापाले गरेका हुन् भने भिडियाे सम्पादन तथा कलर करेक्सन नकुल खड्काले गरेका हुन् । सुनिल बुडाथाेकी सहायक निर्देशक रहेकाे भिडियाेकाे निर्देशन दिलिप समनले गरेका हुन् ।