Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

सुरेन्द्र बसेलको निर्देशनमा ‘मदहोस’ सार्वजनिक

काठमाडौं : गीत ‘मदहोस’ सार्वजनिक भएको छ । मायाका कुरा समेटिएको गीतमा बुद्ध लामाको स्वर छ । बुद्धलाई ममता गुरुङले फिचरिङ गर्दै साथ दिएकी छन् । लेखु सहयात्रीले सङ्गित गरेको गीतका शब्द सुजन कोइरालाले लेखेका हुन् ।

गीतको भिडियो सुरेन्द्र बसेलले निर्देशन गरेका छन् भने आकाक्षां तामाङ र तुलसी मगर फिचर्ड भिडियोको कोरियोग्राफी रोहित बसेलले गरेका हुन् ।

दिनेश पराजुलीले खिचेको भिडियो सम्पादन भने राकेश दाहालले गरेका छन् । भिडियोमा श्रृङ्गारको जिम्मा पूनम चौधरीले लिएकी थिइन भने गीतमा सङ्गित सम्योजन विषम आचार्यको रहेको छ ।