Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

लण्डनपछि ‘गोर्खा वारियर’ को ग्राण्ड रेडकार्पेट शो अब धरानमा हुने

धरान : आधिकारिक रूपमा रिलिज हुनुअघि नै बिभिन्न तवरले चर्चामा आएको सिनेमा ‘गोर्खा वारियर’ ले बेलायतमा ऐतिहासिक रेड कार्पेट प्रिमियर गरेर निकै लोकप्रियता कमाइ सकेको छ ।

बिशेषगरी नेपाली सिनेमाका लागि ऐतिहासिक क्षणमा अन्तर्राष्ट्रिय सिनेमा ‘गोर्खा वारियर’ ब्रिटिस एकेडेमी अफ फिल्म एन्ड टेलिभिजन आर्ट्स (बाफ्टा) अवार्डका लागि छनोट हुनु नै राम्रो हो ।

बाफ्टामा सिनेमाको मान्यता, ओस्कार पछि विश्वव्यापी रूपमा सबैभन्दा प्रतिष्ठित पुरस्कार मध्ये एक मानिन्छ, नेपाली सिनेमा इतिहासमा एक महत्वपूर्ण कोसेढुङ्गा सावित गर्‍यो ‘गोर्खा वारियर’ले, यही चर्चा र इतिहास रचेको ‘गोर्खा वारियर’ लाहुरेको शहर भनेर चिनिने धरानमा पनि एतिहासिक रुपमा भव्यरुपमा ग्राण्ड रेडकार्पेट गरिने भएको छ ।

बिहीवार सिनेमाका निर्देशक मिलन चाम्स र कार्यकरी निर्माता ज्योतीराज राई धरान आएर पुर्वका सिनेकर्मीहरु सँग भेटघाट गरी ‘गोर्खा वारियर’ को बारेमा विस्तृत रुपमा जानकारी दिए । सिनेमा नेपालमा फागुन ११ मा प्रदर्शन हुने भएको छ ।