Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

‘द्रौपदी’को निर्माण घोषणा : देशको यथार्थपरक कथालाई जोड

काठमाडौं : २ वर्ष अगाडि सिनेमा ‘चुरीफुरी’ प्रदर्शनमा ल्याएका निर्देशक ऋषिराज आचार्यले नयाँ सिनेमा ‘द्रौपदी’को घोषणा गरेका छन् । सिनेमाको अहिले लेखन तथा कलाकार छनौट कार्य भइरहेको निर्देशक आचार्यले जानकारी दिए ।

सिनेमाका लागि कलाकार छनौट गर्न उनले यही माघ २० गते अडिसन राखेका छन् । मुख्य अभिनेता/अभिनेत्री सहित १० जना कलाकारका लागि अडिसन हुन लागेको हो । सिनेमाको कथा र चरित्र अनुसार अडिसनबाट कलाकार छनोट गर्न लागिएको निर्देशक आचार्यले सुनाए ।

शीर्षकले सिनेमा ‘महाभारत’को द्रौपदी पात्रसँग मिले पनि देशको यथार्थपरक कथामा सिनेमा बन्न लागेको आचार्यले बताए । कर्णाली प्रदेशको विभिन्न दुर्गम हिमाली क्षेत्रमा छायाङ्कन गर्न लागिएको सिनेमा महिला प्रधान हुने जनाइएको छ । आर.बी मुभिजको ब्यानरमा बन्न लागेको सिनेमामा निर्देशक आचार्य स्वयंको पटकथा लेखन रहनेछ ।