Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

‘उपहार’को टाइटल गीत ‘हारेको छैन’ : दुखी मुद्रामा रेखा, पूजा र बेनिशा

काठमाडौं : आगामी फागुन २५ गतेदेखि प्रदर्शनमा आउन लागेको सिनेमा ‘उपहार’को टाइटल गीत रिलिज गरिएको छ। निर्माण टिमले बिहीबार ‘हारेको छैन’ बोलको टाइटल गीत रिलिज गरेको हो।

गीतमा रविन भुसालको स्वर रहेको छ। प्रमोद ढुंगानाको शब्द रहेको गीतमा अर्जुन पोखरेलले संगीत भरेका छन्। गीत वियोगान्त प्याटर्नमा आधारित छ। मनछुने अडियोले सुन्ने जोकोहीको ध्यान तान्छ।

उसो त, भिडियो पनि मनछुने छ। भिडियोमा अभिनेत्री रेखा थापा, पूजा शर्मा र बेनिशा हमालको रोदन देख्न सकिन्छ। उनीहरूको पीडा भिडियोमा छल्किएको छ। सिनेमाका अभिनेता मुकुन भुसाल बिरामी अवस्थामा छन्। त्यसैले पनि मुकुनको जोडी रेखा पीडामा देखिएकी छिन्।

सिनेमालाई ज्ञानेन्द्र देउजाले निर्देशन गरेका हुन्। सुलक्षण भारतीको कथा रहेको सिनेमाका निर्माता सुलभ प्रतीक र समीक्षा देउजा हुन्। कार्यकारी निर्माताको रुपमा बलराम शाही ठकुरी रहेका छन्।

रेखा, पूजा, बेनिशा र मुकुनका अलावा सिनेमामा शिशिर राना, तेज गिरी, समर्पण जंग कार्की, सुष्मा कार्की लगायतका कलाकारहरुको अभिनय रहेको छ।