Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

सिनेमा ‘ह्रस्व दीर्घ’ : फस्ट लुक सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा

काठमाडौं : सिनेमा ‘ह्रस्व दीर्घ’को फस्ट लुक सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरिएको छ । साउथका चर्चित कलाकार ब्रमानन्दमको जन्मदिनमा उनलाई फिचर गर्दै सिनेमाको फस्ट लुक रिलिज गरिएको हो । सिनेमाको पोस्टर दुई भाषामा तयार पार्दै सार्वजनिक गरिएको छ । 

चन्द्र पन्तले निर्देशन गरेको सिनेमालाई निर्माणपक्षले दशैँको अवसर पारेर आउँदो बर्ष २०८१ को असोजको ११ गतेबाट रिलिज गर्ने पक्का गरेको छ ।

सिनेमामा नीता ढुंगाना, हरिहर अधिकारी, विपना थापा, सरोज खनाल, किरण केसी लगायतका कलाकारको अभिनय छ । साथमा साउथका केही कलाकारले समेत यो सिनेमामा अभिनय गरेका छन् । 

सिनेमामा हरिहर अधिकारीको कथा, कविरलालको छायांकन र नीता ढुंगानाको लगानी रहेको छ । सिनेमाको पहिलो र दोस्रो सेड्यूलको छायांकन सकिएको छ भने तेस्रो सेड्यूलको छायांकन भारतमा गर्ने तयारी गरिएको छ ।