Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

‘युओजी’को थिम पोस्टर : एक्सन मुडमा सलिन र सलोन

काठमाडौं : अभिनेता सलिनमान बनियाँले सिनेमा ‘यात्रा अ म्युजिकल भ्लग’ रिलिजको करिब ५ वर्षपछि ठुलो पर्दामा कमब्याक गर्ने भएका छन् । मंगलबार सलिनको मुख्य भुमिका रहने सिनेमा युओजी (युनिभर्सिटी अफ गुण्डाज)को निर्माण घोषणा गरिएको छ ।

सिनेमाको सार्वजनिक थिम पोस्टरमा अभिनेता सलिन र सलोनलाई एक्सन मुडमा देख्न सकिन्छ । ब्याग्रराउण्डमा गाडीमा आगो लाग्नुका साथै कलेज गेट र भवन देखाइएको छ । सार्वजनिक पोस्टरले सिनेमामा विश्व विद्यालयमा हुने गुण्डाराजलाई उठाएको बुझ्न सकिन्छ ।

यो सिनेमा सलोनको होम प्रोडक्सन सलोन सलिना फिल्मस् प्रालीको ब्यानरमा निर्माण हुनेछ । उनीहरुले ‘ए मेरो हजुर २’ र ‘यात्रा’ पछि तेस्रो पटक एकसाथ स्क्रिन सेयर गर्न लागेका हुन् । सिनेमा आगामी बैशाखको अन्तिम साताबाट जाने निर्माण टिमले जानकारी दिएको छ ।

सिनेमाको निर्देशक, प्राविधिक लगायतको जानकारी विस्तारै सार्वजनिक गर्दै जाने तयारी निर्माण टिमको रहेको छ । पूर्ण रुपमा एक्सन जनरामा निर्माण हुने सिनेमाको लागि यतिबेला सलिन र सलोन ज्यान बनाउन वर्कआउट गरिरहेका छन् । सिनेमाको निर्माण टिमले अझै दुई अभिनेता र दुई अभिनेत्री छनोटको चरणमा रहेको बताएका छन् ।