Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

सिनेमा ‘राजमहल’ को निर्माण घोषणा

काठमाडौं : बिहिबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच दरबारको कथा समेटिएको नेपाली सिनेमा ‘राजमहल’को निर्माण घोषणा गरिएको छ ।

सबिन कुमार तोलाङ्गीको डेब्यु निर्देशन रहने सिनेमामा अभिनेत्री आँचल शर्मा पृथक भूमिकामा देखिदैछिन् । सिनेमामा रमेश उप्रेती र सलोन बस्नेत पनि मुख्य भूमिकामा खेल्दै छन् भने मोडल तथा टिकटकर सिम्रन पन्त र मिस पविले पनि यसै सिनेमाबाट अभिनयमा डेब्यु गर्दैछन् ।

करिब चार करोड बजेटमा बन्ने भनिएको सिनेमाको माघ पहिलो साता देखि अष्ट्रेलियाबाट छायांकन सुरु गर्दै न्युजिल्यान्ड सम्म पुगेर केही सिन खिचिने छ भने बाँकी ७० प्रतिशत छायांकन नेपालमा गरिने छ ।

निर्देशक समेत रहेका ऋषि लामिछाने कार्यकारी निर्माता रहेको ‘राजमहल’का मुख्य निर्माता शोभा श्रेष्ठ र यश बहादुर गुरुङ्ग रहेका छन् भने अन्तर्राष्ट्रिय निर्मातामा अनिल पाण्डे र प्रिन्स युबराज कार्की जोडिएका छन् । त्यसैगरी सह-निर्मातामा साहिल श्रेष्ठ, झगेन्द्र धिमाल र माधव गहतराजले अष्ट्रेलिया तर्फबाट सहकार्य गरेका छन् ।

सिनेमामा सरोज खनाल, मिथिला शर्मा तथा अर्जुन श्रेष्ठ जस्ता चिरपरिचत अनुहार सहित रेशम गुरुङ, अजय कुमार रोका, अजय लामा, दिनेश सिग्देल, पूजा भण्डारी पनि यो सिनेमाका अन्य चारित्रिक भूमिकामा देखिदैछन् । पुरुषोत्तम प्रधानले खिच्ने सिनेमामा अर्जुन पोखरेल र बाबुल गिरिले संगीत भर्ने छन् ।