Sur Cinema

पल र मलिका स्टारर ‘फूलबुट्टे सारी’लाई युट्युबमा १० करोड भ्युज

काठमाडौं : करिब ३ वर्ष अघि रिलिज भएको गीत हो ‘फूलबुट्टे सारी’। यो गीतको सुरुमा मेल भर्सन रिलिज भएको हो। त्यसपछि भने फिमेल भर्सन रिलिज भएको थियो। मिलन नेवारको स्वर रहेको फिमेल भर्सन रिलिज हुनेबित्तिकै चौतर्फी लोकप्रिय बनेको थियो। जुन गीतमा राजनराज शिवाकोटीको शब्द अनि संगीत छ।

केन्द्र मोशन पिक्चर्सको युट्युब च्यानलबाट रिलिज भएको गीतको भिडियोको चर्चा पनि व्यापक भएको थियो। भिडियोमा नायक पल शाह र नायिका मलिका महत फिचर्ड छन्। पहिलोपटक पल र मलिकाले यसै गीतको भिडियोमा सहकार्य गरेका हुन्।

हाल यो गीतको भिडियोलाई युट्युवमा १० करोड बढीपटक हेरिएको छ। रिलिज भएको निकै छोटो समयमा करोड क्लबमा प्रवेश गरेको गीतको भिडियोलाई ३ वर्षपछि १० करोड बढी भ्युज मिलेको छ। त्यस्तै, ६ लाख ८१ हजार बढी लाइक अनि २५ हजार बढी सकारात्मक कमेन्ट पनि गीतले युट्युबमा पाएको छ।

यसरी छोटो समयमा गीतलाई युट्युबमा हेरिनु भनेको गीतसँग सम्बन्धित सबैलाई गौरवको कुरा हो। यो गीतको फिमेल भर्सन मात्र होइन, मेल भर्सन, चाइल्ड भर्सन र लिजेन्डरी भर्सनलाई पनि उत्तिकै राम्रो रुचाइएको छ।