Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

‘नम्बरी सुन’को रोमान्टिक गीत ‘तिमी बर म पीपल’ सार्वजनिक

काठमाडौं : राजु गिरीको निर्देशन रहेको सिनेमा ‘नम्बरी सुन’को नयाँ गीत ‘तिमी बर म पीपल’ सार्वजनिक भएको छ । रामजी लामिछानेको कोरियोग्राफी रहेको गीतमा सिनेमाका प्रमुख कलाकार गौरव पहारी र नम्रता सापकोटा फिचर्ड छन् । ओएसआर डिजिटलबाट सार्वजनिक भएको रोमान्टिक फ्लेभरको गीतमा गौरव र नम्रताको क्यामेष्ट्री निकै सुहाएको छ । 

प्रताप दास र अन्नु चौधरीको स्वर रहेको गीतमा अर्जुन पोखरेलको शब्द र संगीत छ । गीतमा आदेश गुर्माचनको एरेन्ज, नरेश बिबिसीको मिक्सिङ र मास्टरिङ छ ।

   सिनेमामा गौरव र नम्रताका अलावा सरोज खनाल, बुद्धि तामाङ, राजाराम पौडेल, विनोद न्यौपाने, किरण नेपाली, राजेन्द्र खड्गी, सबिन बास्तोला, गीता अधिकारी, नारायण खाती, अस्मिता बस्नेत र राजेन्द्र गिरीको अभिनय छ । सिनेमामा शिवम् अधिकारीको कथा र पटकथा छ भने आगामी माघ १९ गतेबाट सिनेमा रिलिज हुनेछ ।