Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

मंसिर २९ मा काठमाडौंमा माहौल तताउदै ‘द एक्स’ ब्यान्ड

काठमाडौं : चर्चित “द एक्स” ब्यान्डले साङ्गितिक प्रस्तुती दिने भएको छ । एक ताका युवा माझ धमाका पिट्न सफल ब्यान्डले आफ्नो ब्यान्डको चर्चित गीतबाट शोको नामाकरण गर्दै स्रोता दर्शक झुमाउन लागेको हो ।

“एउटा चिठ्ठिको शाहाराले काठमाडौंको मन जित्न”भन्दै आयोजना गरिने कार्यक्रम यहि मंसिर २९ गते (१५ डिसेम्बर) साझं ७ः०० बजे बाट बिलिनियरस लाउन्ज एन्ड कल्बमा उक्त साङ्गितिक कार्यक्रम हुन लागेको हो ।

नेपाल डायरिज द्वारा आयोजना गरिएको कार्यक्रममा नेपाल आईडल सिजन २ का सुबिन सिॅंहको ब्यान्ड र चर्चित डिजे कबिनको पनि प्रस्तुति रहने नेपाल डायरिजका सि.ई.यो निरन्जन दुलालले जानकारी दिएका छन् ।