काठमाडौं : बाबु-छोरीको कथामा आधारित रहेको सिनेमा `चित्रा´ १० वर्षभन्दा मुनिका बालबालिकालाई निःशुल्क रुपमा हेर्न पाउने भएका छन् । सिनेमालाई घनश्याम लामिछानेले निर्देशन गरेका हुन्।
त्यस्तै, कुनै पनि बालिकाले चित्रा नाम भएको प्रमाण देखाउँदा ३ वटा टिकट सित्तैमा पाउने पनि निर्माण टिमले बताएका छन् । सिनेमा आगामी पुष २७ गतेबाट प्रदर्शनमा आउन लागेको हो ।

आशिष थापा मगरको निर्माण रहेको सिनेमामा अजय अधिकारीको कथा र मनिष गौतमको पटकथा लेखन रहेको छ ।

सिनेमा अर्पण थापा, प्रमोद अग्रहरी, शुभेक्क्षा खड्का, मेनुका प्रधान, सिम्रन खड्का, अञ्जना बराइली, प्रकाश घिमिरे, बालकलाकार आयुशी ढकाल आदिको मुख्य भूमिका छ ।

















