Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

‘महाजात्रा’ को सेटमा फर्किए कलाकार प्रकाश घिमिरे

काठमाडौं : घाँस काट्ने क्रममा भिरबाट खसेर घाइते भएका कलाकार प्रकाश घिमिरे सिनेमाको काममा फर्किएका छन्। उनी केही समयको अस्पताल बसाई पछि स्वस्थ भएर सिनेमा `महाजात्रा´ को सेटमा फर्किएका हुन् ।

अहिले घिमिरे र हरिवंश आचार्यको भागको दृश्य छायांकन सुरु भएको उक्त तस्वीरबाट अनुमान लगाउन सकिन्छ । षट्कोण आर्ट्सको निर्माण रहेको तेस्रो शृङ्खला ‘महाजात्रा’ को छायाङ्कन काठमाडौँ सँगै तराईको भू- भाग समेत गरिने छ ।

प्रदीप भट्टराईको लेखन तथा निर्देशनमा तयार भईरहेको सिनेमामा विपिन कार्की, वर्षा राउत, रविन्द्र सिंह बानियाँ, रविन्द्र झा, अर्जुनजंग शाही, राजाराम पौडेल, प्रवीण खतिवडा, दिव्यदेव, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्काको पनि अभिनय समावेश छ । सिनेमाको निर्माता म्याक्स दीपेश खत्री र कार्यकारी निर्माता रवीन्द्र सिंह बानियाँ रहेका छन् । सिनेमा चैत ९ गते रिलिज हुने छ।