Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

‘चिट्ठी’ सिनेमाको गीत ‘टुटेको तारा’ : प्रेम वियोगले निम्त्याएको कारुणिक अवस्था

काठमाडौं : माधवराज खरेलको लेखन तथा निर्देशन रहेको सिनेमा ‘चिट्ठी’को नयाँ गीत रिलिज गरिएको छ। सोमबार निर्माण टिमले ‘टुटेको तारा’ बोलको गीत रिलिज गरेको हो।

गीतमा लोकप्रिय गायक शिव परियारको आवाज रहेको छ। डाक्टर कृष्णहरि बरालको शब्द रहेको गीतमा सरोज कोइरालाले संगीत भरेका छन्। गीतको अडियो निकै वियोगान्त छ। प्रेमिकाले छोडेपछिको प्रेमीको कारुणिक अवस्थालाई गीतमा प्रस्तुत गरिएको छ।

निकै कारुणिक छ गीतको अडियो। तर निर्माण टिमले भिडियो भने लिरिकल बनाएको छ। लिरिकल नभएर पूरा भिडियो बनाएको भए सायद अझै सिनेमालाई नै प्लस पोइन्ट हुन्थ्यो।

सन्जित भण्डारी, गोपाल ढकाल ‘छन्दे’, ‘खड्ग बहादुर पुन ‘खबपु’ लगायतका कलाकारहरुको थोरै थोरै फुटेज लिरिकल भिडियोमा समावेश गरिएको छ। प्रेममा धोका पाएपछि पागल बनेर हिडेका एक प्रेमीको कारुणिक दृश्य भिडियोमा देख्न सकिन्छ।

कमला जोशी निर्माता रहेको सिनेमामा सम्जित, गोपाल, खड्गका अलावा मुस्कान तामाङ, नवराज थापा, कन्चन चालिसे लगायतका कलाकारहरुको अभिनय रहेको छ। सिनेमा कहिले रिलिज हुन्छ भनेर मिति भने खुलाइएको छैन।