Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

सम्बन्धको चिसोपना देखिने वर्षाको स्टोरी

काठमाडौं : लकडाउनको समय थियो, नायिका वर्षा राउत र संजोग कोइराला खुब सामाजिक संजालमा देखिन्थे । लाग्थ्यो यी दुई त एक दिन पनि एक्लै एक्लै बिताउन सक्दैनन् । भ्लगमा उनीहरुका हरेक कुरा आउथे । दुबै खुब चले उक्त समय । एक साथ नहुदा वा भ्लग नआउदा दर्शक आफै यी दुईलाई खोज्थे ।

समय बदलियो, सम्बन्धमा चिसोपना आएको देखिन्छ । अधिकाशं समय वर्षा आफ्नो घरमा हुन्छिन् । सन्जोग आफ्नै घरमा । मिडियामा बेलाबखत एकसाथ झुल्किने बाहेक सम्बन्धमा चिसोपना आएको खुब चर्चा पनि हुन्छ । केही दिन अघि वर्षाले यस्तै हल्लालाई सम्झाउने एउटा पोस्ट राखिन ।

तिहार सकिएको थियो । क्रिकेटले माहौल तातेको थियो । उनले “अ डे विद माई होमिज” भन्दै पोष्ट गरेकी थिइन जहाँ संजोग थिएनन । पछाडी उनका भाइ क्रिकेट हेर्दै देखिन्थे भने उनी सेल्फीमा स्पष्ट थिइन । समयको कुरा पनि होला । काममा कम्फर्ट खोजेर पनि होला तर नेपाली समाज न पर्यो कुरा काट्न बहाना त खोजिरहन्छ । वर्षाका यस्ता पोष्टले उक्त बहानेबाज समुहलाई बल पो पुर्याएको छ कि ?