काठमाडौं : अभिनेता आमेश भण्डारीले केही सिनेमाहरुमा काम गरेपछि विश्राम लिए। उनले पछिल्लो केही वर्षयता नयाँ सिनेमा गरेका छैनन्। बरु उनी अष्ट्रेलिया लागे र उतै बस्न थाले। बेलाबेला भने उनी नेपाल आएका हुन्छन्। नेपाल आएको समयमा केही महिना अघि एक टेलिभिजन कार्यक्रममा दिएको अन्तर्वार्ताले उनको चर्चा ह्वात्तै बढ्यो।
गायिका समीक्षा अधिकारीलाई बिहे गर्न तयार छु जस्ता अभिव्यक्ति दिएपछि उनको चर्चा सुरु भएको हो। सो त, समीक्षा र आमेश एकआपसमा प्रेम सम्बन्धमा छन् भनेर पनि बजारमा गसिप छ। तर दुबैले खुलेर भने स्विकारेका छैनन्। यद्यपि, यि दुईको प्रेम सम्बन्धले चर्चा लिइरहेको छ।
प्रेम सम्बन्धको हल्ला चलिरहँदा यि दुईले एउटा म्युजिक भिडियोमा सँगै काम पनि गरे। ‘पोखरा बगरमा घर’ बोलको म्युजिक भिडियोमा यि दुईले एकसाथ काम गरेका हुन्। भिडियोमा समाबेश गीतमा समिक्षाकै स्वर छ। गायनमा समिक्षालाई तेजश रेग्मीले साथ दिएका छन्।
गीतमा तेजश रेग्मीकै शब्द अनि संगीत रहेको छ। केही हप्ता अघि यो गीत समिक्षाले आफ्नै युट्युब च्यानलबाट रिलिज गरेकी हुन्। उक्त गीत यतिबेला चर्चामा छ। गीतको एउटा टुक्का टिकटकमा निकै हिट छ।
ओ मायालाई एउटा फूल दिनु पर्ला
अरुलाई एकछिन भुलदिनु पर्ला
पोखरा बगर…
यो टुक्का यतिबेला टिकटकमा निकै रुचाइएको छ। लाखौंले यो टुक्कामा टिकटक भिडियो बनाएका छन्। गीतको अडियोसँगै भिडियोको चर्चा पनि बढी छ। चर्चा पनि किन न होस्, जहाँ आमेश र समिक्षाक जोडी रहेको छ।
पहिलोपटक लोक दोहोरी गीतको भिडियोमा आमेशले अभिनय गरेका हुन्। आमेश र समिक्षाको यो पहिलो म्युजिक भिडियो हो। उनीहरूको जोडीलाई दर्शकले खुब रुचाएका छन्। वास्तविक जीवनमै यि दुईको जोडी हेर्न चाहने अधिकांश दर्शकको चाहना छ। जुन चाहाना दर्शकहरुले टिकटक, फेसबुक अनि युट्युबमा कमेन्ट मार्फत व्यक्त गरिरहेका छन्।
प्रेम सम्बन्धको हल्लामा यो जोडीलाई रुचाएका दर्शक/स्रोताले म्युजिक भिडियोमा पनि रुचाए। आगामी दिनमा अझै यो जोडीको म्युजिक भिडियो हेर्न धेरै दर्शकको रहर छ। उनीहरूले काम गरेको पहिलो भिडियोलाई नै युट्युबमा ६ लाख बढी पटक हेरिएको छ।