Sur Cinema

अभिनेत्री तथा मोडल दिपासा बिसीको २८ वर्षको उमेरमा निधन

काठमाडौं : अभिनेत्री तथा मोडल दिपासा बिसीको निधन भएको छ। बुधबार स्वास्थ्यमा समस्या आएपछि काठमाडौंको नर्भिक अस्पतालमा उपचारको लागि लगिएको थियो। तर अस्पतालले उनलाई बिहिवार मृत घोषणा गरेको हो।

सुर्खेतकि दिपासा लामो समयदेखि काठमाडौमा बसेर कलाकारितालाई अगाडि बढाइरहेकी थिइन्। तर उनले २८ वर्षको उमेरमै संसार छोड्नु पर्‍यो। उनले ‘बिरानो माया, छाल, झेली, दुलाहा रानी’ लगायतका सिनेमामा अभिनय गरेकी थिइन् ।

विशेषगरी उनी लोक दोहोरी म्युजिक भिडियोमा बढी सक्रिय थिइन्। उनलाई लोक दोहोरी मोडल भनेर पछिल्लो समय चिन्ने गरिन्थ्यो। उनको निधनपछि यतिबेला सम्पुर्ण कलाकार जगत शोकमा डुबेको छ।