Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

डाक्टर पाण्डेकाे स्वरमा ‘तिम्रो याद’

काठ्माडाैं। गायक डाक्टर दामोदर पाण्डेकाे स्वरमा नयाँ गीत भिडियो ‘तिम्रो याद’ सार्वजनिक भएको छ। आज नेपमेलो युट्युब च्यानलबाट सार्वजनिक गरिएको गीतमा गायक पाण्डेकै शब्द रचना रहेको छ ।

गीतमा संगीतकार उपेन्द्र लाल सिंहले संगीत भरेका छन् भने गीतको एरेन्जको पाटो एरेन्जर प्रमोद परियारले सम्हालेका छन्। भिडियाेकाे निर्देशन भने निर्देशक सान थापाले गरेका हुन्।

बुद्ध थापाको सिनेमेटोग्राफी रहेको गीतको भिडियाेमा मोडल विकास लामिछाने र समारिका ढकालले अभिनय गरेका छन्। भिडियाेलाई न्याय दिन लामिछाने र ढकालले भरपुर मेहेनत गरेका छन् । यी दुईको जोडी भिडियाेमा उत्तिकै जमेको छ।

गायक पाण्डे अमेरिकामा बस्छन्। नेपालमै जन्मिएर, नेपालमै हुर्किएर डाक्टर बनेका पाण्डे हाल अमेरिकामै कार्यरत छन्। अमेरिका बसे तापनि उनीमा नेपालीपन, नेपाल र नेपाली संगीतप्रतिको माया भने कहिले फिक्का भएन। फलत, उनले ‘तिम्रो याद’ बजारमा ल्याएका हुन्।