Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

प्रकाश दुतराजको ‘रिमै’ गीत चर्चामा, युट्युबमा ६८ लाख बढी भ्युज

काठमाडौं : लोकप्रिय गायक प्रकाश दुतराजको गीत ‘रिमै’ यतिबेला निकै चर्चामा छ। करिब २ हप्ता अघि रिलिज भएको यो गीतलाई टिकटक अनि युट्युबमा खुब रुचाइएको छ। लाखौं टिकटक भिडियो यो गीतको साउन्डमा बनेका छन्।

प्रकाशकै शब्द, संगीत अनि स्वर गीतमा छ। लोकप्रिय गायिका मेलिना राइले गायनमा प्रकाशलाई साथ दिएकी छिन्। गीत निकै मौलिक भएकोले होला अधिकांश स्रोता दर्शकको जिब्रोमा गीतका हरेक टुक्का झुन्डिएका छन्।

हालसम्म यो गीतलाई युट्युबमा ६८ लाख बढी भ्युजसहित निकै राम्रो प्रतिक्रिया मिलिरहेको छ। हरेक तहका व्यक्तिहरुले गीत रुचाएर सामाजिक संजालमा सेयर पनि गरिरहेका छन्।

उसो त, गीतको अडियोसँगै भिडियोको पनि चर्चा यतिबेला भइरहेको छ। राउटे समुदायको कथालाई यसपटक दुतराजले समावेश गरेका छन्।भिडियोमा राउटे भेषमा सजिएका छन् दुतराज। गाउँघरका पूराना मौलिक कथाहरुलाई भिडियोमा उन्न मन पराउने उनले यसपटक राउटेको कथा झल्काएका छन्।

राउटे समुदायका ज्यामीरेको भेषमा देखिएका छन् उनी। राइटे समुदायको बसाइँसराइ अनि माया-प्रेमको रोचक कथा भिडियोमा छ। प्रकाशको जोडीको रुपमा केपीना गोतामे छिन्। उनी बाचकलीको भुमिकामा छिन्। भिडियोमा ज्यामीरेको प्रेमिका हुन् उनी।

एउटा सिनेमाको कथा हेरेजस्तो लाग्ने भिडियोमा मौसम हिमालीको कथा, निर्देशन अनि कोरियोग्राफी रहेको छ। उनले भिडियोमा निकै मिहेनत गरेका छन्। भिडियोमा विशाल घिमिरेले सह-निर्देशकको भुमिका निर्वाह गरेका छन्।

दैलेखको राउटे वस्तीमा भिडियो खिचिएको हो। अनिल के मानन्धरले आकर्षक फ्रेममा भिडियो खिचेका हुन्। भिडियोको सम्पादन भने नवीन घर्तीमगरले गरेका छन्।