काठमाडौं : मङ्सिर २९ बाट हलमा आउने सिनेमा दुई कदमको शिर्ष गीत सार्वजनिक भएको छ । दुई कदम हिड्दैमा जीवन एकसाथ बिताउन सकिने बुजेका नायकको भाव गीतले बोल्छ । भिडियोमा इओन लिम्बू र सिमोन गिरी मुख्य कलाकारका रुपमा फिचर्ड छन् । गीतमा सिडी बिजय अधिकारी र प्रबिशा अधिकारीको स्वर छ । तारा प्रकाश लिम्बुले सङीत गरेको गीत्का शब्द डिपी खनालले लेखेका हुन् ।
उदय सुब्बाको निर्देशनमा तयार सिनेमाको छायांकन मुस्ताङ, धनकुटा, तेह्रथुम, इलाम, झापा र धरानमा गरिएको छ । दयाराम घिमिरेको कथा रहेको प्रेमकथामा आधारित सिनेमा तारादेवी लिम्बूले निर्माण गरेकी हुन् । अजम्बरी फिल्म्सको ब्यानरमा निर्माण भइरहेको सिनेमामा यी दुईका अलावा गौरव पहारी, बुद्धि तामाङ,सुनिल थापा, अर्जुन गुरुङ (भँगेरी), कविता आलेमगर, विमला लिम्बू, चन्दा दाहाल, जीवन लिम्बूलगायतका कलाकारको अभिनय छ ।
विक्रम डीसीको छायांकन रहेको सिनेमामा ताराप्रकाश लिम्बू र विकास चौधरीको संगीत, राजु किराँतीको द्वन्द्व निर्देशन तथा रामजी लामिछानेको नृत्य निर्देशन छ ।