Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

वर्षालाई ठूलो राहत

काठमाडौं : अभिनेत्री वर्षा सिवाकोटीलाई नेपाली सिने क्षेत्रको ‘अनलक्की’ अभिनेत्रीको रुपमा हेरिन्छ । डेव्यु सिनेमा ‘नाई नभन्नु ल २’ र ‘पशुपति प्रसाद’ बाहेक उनले अभिनय गरेका अधिकांस सिनेमा लगातार असफल भएपछि वर्षालाई ‘अनलक्की’को रुपमा हेरिएको हो ।

आफुले अभिनय गरेका सिनेमा असफल भए पनि वर्षालाई सिनेमाको अभाव भने भएन् । उनले हरेक बर्ष १–२ वटा सिनेमामा काम गरिरहेकी छिन् । उनको अभिनय र सुन्दरताको तारिफ हरेक सिनेमामा हुने गरेको छ । जसले गर्दा उनलाई काम अभाव कहिले भएन् ।

वर्षाले अभिनय गरेको सिनेमा ‘परदेशी २’ यो बर्ष सुपरहिट भएको छ । नारायण रायमाझी निर्देशित यो पारिवारिक तथा सामाजिक सिनेमाले दर्शकको मन मात्र जितेन, वर्षाको कामको पनि खुबै तारिफ भैरहेको छ । उनले सिनेमामा निवार्ह गरेको लुजाको भुमिका दर्शकले निकै रुचाएका छन् ।

दशैंको छेको पारेर रिलिज भएको सिनेमा ‘परदेशी २’ बक्स अफिसमा सुपरहिट भएपछि वर्षालाई ठूलो राहत मिलेको हो । अबका दिनमा आफुले टिम र ब्यानर हेरेर काम गर्ने तयारी गरेकाले हरेक वर्ष उनलाई कुनै न कुनै सिनेमाले बक्स अफिस सफलतासँगै खुशी दिइरहेन विश्वास छ ।

आउँदो वर्ष वर्षाको ‘काजी’ रिलिज हुने छ । यो सिनेमामा उनको जोडी अभिनेता विपिन कार्कीसँग बाँधिएको छ । यसले, पनि उनलाई खुशी दिने अपेक्षा गर्न सकिन्छ ।
कलाकारको हरेक बर्ष रिलिज हुने सबै सिनेमा चल्छन् भन्ने पक्का हुँदैन । तर, कुनै एक सिनेमा मात्र बक्स अफिसमा सफल हुँदा उसको करिअरलाई ठूलो फाइदा मिल्छ । लामो समयपछि वर्षालाई ‘परदेशी २’ले यस्तै खुशी दिएको छ ।

समीक्षकले समेत सिनेमामा अभिनयको कुरा गर्दा वर्षा र डेव्यु अभिनेता प्रकास सपुतको बढी तारिफ गरेका थिए । सिनेमाकी अर्की अभिनेत्री केकीले पनि सिनेमामा संझनलायक काम गरेकी छिन् । तर, सिनेमाको प्रचारमा केही छायांमा परेकी वर्षा सिनेमा रिलिज पश्चात दर्शक तथा मिडियाको केन्द्रमा परेकी छन् ।