Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

ब्लकबस्टर भन्न हतार कि बन्न ?

काठमाडौं : सिनेमा रिलिज हुन्छ, हलमा लाग्न नपाई लगानी उठेको भन्दै पोस्टर आउँछ । मेकरलाई आफ्नो सिनेमा चले पनि नचले पनि ब्लकबस्टर भन्न खुब हतारो हुन्छ । वास्तवमा धेरै कम सिनेमाले मात्रै लगानी सुरक्षित गर्छन । नाफामा जाने सिनेमा त औलामा गन्न अटाउने मात्रै हुन्छन् । तर मेकर यसरी आतिन्छन कि लाग्छ साल भर रिलिज अधिकाशं नै ब्लकबस्टर भैसके ।

‘पशुपति प्रसाद २ : भष्मे डन’ लाई लिएर खासै सकारात्मक प्रतिक्रिया आएको छैन् । तर निर्माण टिमले रिलिजको एक दिन मै ब्लकबस्टर भनिदियो । मेकरलाई यो हतारो किन लाग्यो उनैलाई थाहा होला !

गएका दिनमा ‘नाङ्गो गाउँ’ सिनेमाले पनि रिलिजको भोलिपल्ट नै लगानी सुरक्षित भन्दै हल्ला गर्यो । कलाकारको अनुहार बेचेर बिदेशबाट राम्रो रकम असुले पनि त्यस्तो भब्य व्यापार यो सिनेमाले पनि गरेको थिएन ।

यी सिनेमा त उदाहरण मात्रै हुन् । यस्ता धेरै सिनेमाका मेकर छन् जसले रिलिज हुन नपाउदै ब्लकबस्टर भएको घोषणा गर्छन । तर दु:खद सत्यता त एक/दुई हप्ता सम्म पनि यी सिनेमा हलमा टिकेका हुदैनन् । ब्लकबस्टर भन्दैमा दर्शक आउने र नभन्दा नआउने पनि हुदैन् ।

लकडाउनको समयमा बिदेशी सिनेमाको लत लागेका दर्शक अब न त मेकरको सस्तो पब्लिसिटी स्टन्टले झुक्किने वाला छन् । न त स्वाद न ब्यादका पुरानो धारमा बनेका सिनेमा मेकिङ सिस्टमले नै । त्यसैले साचो तवरमा ब्लकबस्टर बन्न/बनाउनलाई मेकरले मेहनत र नयाँ स्वाद पस्किन जरुरी छ ।