काठमाडौँ : गायक मानसराज बोहराको नयाँ गीत ‘मुड फ्रेस’ रिलिज गरिएको छ । सार्वजनिक गीतको शब्द, संगीत र स्वर मानसराज कै रहेको छ । अर्कै संसारकी प्रेमीकाको मायामा परेका एक प्रेमीको रोमान्टिक प्रेम कहानीलाई देखाइएको भिडियोमा पछिल्लो समयका चर्चित मोडलद्धय सरोज अधिकारी र आश्मा विश्वकर्माको रोमान्टिक अभिनय देख्न सकिन्छ ।
भिडियोमा सरोजकी प्रेमीकाका रुपमा देखिएकी आश्मा अर्कै संसारकी राजकुमारीका रुपमा देखा परेकी छिन् । अझै भनौ उनी एलियनको भूमिकामा छिन् । जो पृथ्वीमा आएर एउटा वैँशालु उमेरमा युवकलाई माया प्रेममा पारेर आफ्नो संसारमा फर्किन्छिन् । जुन दृश्यलाई निर्देशक सरोज अधिकारीले निकै नै कलात्मक शैलीमा भिडियोमा देखाएका छन् ।
निर्देशक सरोजकै कन्सेप्ट र कोरियोग्राफी रहेको सार्वजनिक गीतको एरेन्ज उदयराज पौडेलले गरेका हुन् भने मिक्सिगं तथा मास्टरिगं नरेन्द वियोगीले गरेका हुन् ।
नवराज अधिकारीको छायांकन तथा सुरज अधिकारीको सम्पादन रहेको सार्वजनिक गीतका गायक मानसराज गायनका अलावा थिएटरमा पनि अभिनय गर्न माहिर छन् ।